दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडाैँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।

उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो। खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।

यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *