काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ को विन्दुमा बन्द भएको छ ।
आज ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले कमाएका हुन् । केबिएल डिबेञ्चरका इकाईधनीले १२.१७ प्रतिशतका दरले कमाएका छन् । प्राइम बैंक डिबेञ्चरका इकाईधनीले ८.८३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले गुमाएका हुन् ।




