छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुनेछ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिलाई बिनाकारण पक्राउ गर्ने प्रयास गरिए सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको संकेत गर्दै उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे। आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दाहालले कसैलाई सुरक्षा खतरा भए पक्राउ गर्नुको सट्टा घरमै सुरक्षा व्यवस्था बढाउनुपर्ने बताए।

संयोजक दाहालले भने, ‘यसरी सरकार चलाउने दुःसाहस भइराखे यसको मूल्य धेरै ठूलो पर्छ र यस्तो घटना नदोहोर्‍याउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने लाटो मान्छेले पनि बुझेको छ। यदि त्यसो हो भने त सुरक्षा बढाइदिने हो। पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ। जे भए पनि यदि सरकारले छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो घातक हुन्छ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *