काठमाडौं अपडेट : बालेनले ४४ हजार पुर्‍याउँदा स्थापितले कटाए २५ हजार मत

काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।सार्वजनिक पछिल्लो मत परिणाम अनुसार उनले ४४ हजार १८३ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ८३५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार मत कटाएका छन् । उनले २५ हजार २२ मत पाएका छन् ।

उपप्रमुखतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४५ हजार ८७५ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *