भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर ऋचाले लोकसेवामा नाम निकालिन्

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि २८ दिनदेखि बेपत्ता इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरेकी छन्। तर, लोकसेवा आयोगको नतिजामा नाम निस्किएको खबर सार्वजनिक हुँदा पनि निरौलाको अवस्था भने अझै अज्ञात छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि निरौला बेपत्ता भएकी हुन्। उनी २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। आयोजनामा उनी करिब ६ महिनादेखि कार्यरत रहेको बताइएको छ।

मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी निरौला हाल विराटनगर–३ मा बस्दै आएकी थिइन्। उनले लोकसेवा आयोगको परीक्षामा क्रम संख्या १२ मा नाम निकाल्न सफल भएकी हुन्।

लोकसेवा आयोगले उनको सफलताको नतिजा असोज ८ गते बिहीबार सार्वजनिक गरेको हो। तर, परीक्षामा सफल भएको सुखद खबर सार्वजनिक भएको दिनसम्म पनि परिवार भने निरौलाको खोजीमा छ।

भोटेकोशी बाढीमा बेपत्ता भएको २८ दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन्। लोकसेवा आयोगमा सफलता हात पारेकी निरौलाको नाम सार्वजनिक भइरहँदा उनी भने कहाँ छिन् कसैलाई थाह छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *