अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

२०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ। अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानको लागि फेजल खान अहमदजाईले सर्वाधिक ३० रन बनाए। उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। नाजिबुल्लाह जद्रानले समान ३० रन बनाए। नाङ्गेलिया खान १७ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित २१ रन मात्र दिए। ललित राजवंशीले ३ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *