काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गरेको सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताएका हुन् ।
उनले भगवान् पशुपतिनाथले सबैको रक्षा गरून् तथा भगवान् बुद्धले देखाएको शान्ति, मानवता र करुणाको मार्गमा सबै हिँड्न सकून् भन्ने कामना गरेका छन्।
उनले प्रधानमन्त्री शाहले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर गरेको सम्बोधनको प्रशंसा गर्दै त्यसले समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको सपना देखाएको उल्लेख गरेका छन्। उनले भनेका छन्,‘यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो।
शाहीले प्रधानमन्त्री शाहलाई धन्यवाद दिँदै सफलताको शुभकामनासमेत दिएका छन्। उनले आज हरेक नेपालीको मनमा उत्सवको अनुभूति भएको बताएका छन्।




