सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।

दुवै कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

त्यसैले आजसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित साधारणसभामा सहभागी हुन पाउनेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२औँ वार्षिक साधारणसभा असोज २२ गते काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजे आयोजना गर्दैछ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

यस्तै, स्नो रिभर्सले पाँचौँ वार्षिक साधारणसभा असोज २१ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा बिहान ८ः३० बजे आयोजना गर्नेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *