न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र स्लोभाक समकक्षीबीच द्विपक्षीय छलफल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा भएको ‘साइडलाइन’ भेटवार्तामा उनीहरूबीच नेपाल र स्लोभाक गणतन्त्रबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।

भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले महासभाको अवसरमा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा छलफल गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *