प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यहाँको भ्रमणमा जान लागेको नेपाली सेनाले जनाएको छ ।

उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने स्रोतले जनाएको छ । उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *