नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजारपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजको बजारमा चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।




