नबिल म्युचुअल फन्डका दुई योजनाले घोषणा गरे लाभांश, कुनले कति दिँदैछ?

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीले ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीले २.५ प्रतिशत नगद लाभांश पाउनेछन्।

योजना व्यवस्थापकका अनुसार नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीलाई कुल ३ करोड ९२ लाख रुपैयाँ तथा नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई ३ करोड १२ लाख ५० हजार रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार असोज ६ गतेसम्म कायम इकाइधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *