काठमाडौँ । प्राकृतिक विपत्तिका कारण मुलुक संकटमा परिरहेका बेला चलचित्र ‘गौँथली’ निर्माण टिमले मानवीय सहयोगका लागि हात बढाएको छ। निर्माण टिमले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको हो।
चलचित्र युनिटले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत राहत कोषका लागि १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ।
सहयोग रकम हस्तान्तरण गर्दै ‘गौँथली’ निर्माण टिमले विपद्का बेला गरिएको यो सहयोग आर्थिक योगदानमा मात्र सीमित नभई प्रभावित नागरिकप्रतिको सद्भाव, माया र ऐक्यबद्धताको अभिव्यक्ति भएको जनाएको छ।
निर्माण टिमले विपत्तिबाट प्रभावित नागरिकको पीडामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताएको छ।





