काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेका पदहरूमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले २०८३ असार मसान्तसम्म रिक्त रहेका पदमा पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको हो।
बैंकले उक्त सूचना २०८३ कात्तिक २७ गते आफ्नो वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमार्फत सार्वजनिक गरेको जनाएको छ।
तर, सो दिन गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले सूचना २०८३ कात्तिक २८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन हुने जानकारी गराइएको छ।





