प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद्‍बारे सबै दलका नेताले बोल्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यही १७ भदौ (भोलि)को दिउँसो १ बजेका लागि बैठक बोलाउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

साथै, भोलिको बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।

१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *