गृह मन्त्रालयको सचिव परिवर्तन, केदारनाथ शर्मा बने नयाँ गृहसचिव

काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

यसअघि गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ।

सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने तयारीमा छन्। अवकाशको मुखैमा रहेका श्रेष्ठलाई अतिरिक्त समूहमा राखेर सरकारले शर्मालाई गृहसचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *