कामना सेवा विकास बैंकले बोलायो २०औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बोलाएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र अन्य सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, वार्षिक वित्तीय विवरण पारित गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन्।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *