जनकपुरधाम । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका सानिया खातुन मृत अवस्थामा फेला परेकी छन्।
मोहम्मद इरफानकी छोरी सानिया आइतबार बिहानदेखि हराएकी थिइन्। परिवारले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा उनी घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
बालिकाको मृत्युको कारण खुल्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्कासहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।




