हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन् ।
एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि भदौ ३ गते दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।




