लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवैमा महिला विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए ।

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *