बीमा प्राधिकरणका पूर्वअध्यक्ष मदन दाहाललाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

दाहालमाथि हिमालयन लाइफ इन्स्योरेन्सको रकम नियमविपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गराई पदीय दुरुपयोग गरेको आरोप छ । सरकारी पक्षले उनीविरुद्ध ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा बिगो कायम गरी सोही बराबरको सजाय र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप सजायको मागदाबी गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *