काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ को विन्दुमा बन्द भएको छ ।
आज ३५० कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ११.१७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका हुन् ।




