लाभांश पारित गर्न कुमारी क्यापिटलले डाक्यो भदौ २४ गते साधारण सभा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ २४ गते बुधबार काठमाडौंको नागपोखरीस्थित केन्द्रीय कार्यालयमा साँझ ५ः३० बजे गर्ने भएको छ।

क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको ८६औँ बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको १२.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। उक्त लाभांशमा लाग्ने करसहित कुल ४ करोड ९० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको क्यापिटलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *