शेयर बजारमा ८.८१ अंकको वृद्धि, ३ अर्ब ७२ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ को विन्दुमा कायम भएको छ ।

आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ । आज १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्टस्का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । माउन्ट एभरेष्टका लगानकिर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सुपर खुदी हाइड्रोका लगानीकर्ताले १३.०२ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *