नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ।
महासंघकाअनुसार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार ९० रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा झरेको थियो ।






