काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कापूर्वमहामन्त्री डा. धवलशमशेर राणा समर्थकसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
उनले ‘जय नेपाल पार्टी’ दर्ता गराउने तयारी गरेका छन्। दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटका विषयमा मतभेद भएपछि राणा आफ्नो समूहसहित अघि बढेका हुन्।




