काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन २०.९६ प्रतिशतले बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल खर्च पनि ६ अर्ब २४ करोड रुपैयाँबाट बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो दाबी भुक्तानी ४ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको महाविपत्ती कोषमा १४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ७.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.५८ रुपैयाँ र पीई अनुपात ६१.२० गुणा कायम भएको छ । यसअनुसार बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भए पनि खर्च तथा दाबी भुक्तानी बढेका कारण कम्पनीको नाफा वृद्धिदर भने सीमित देखिएको छ ।




