लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइनबीच सम्झौता

लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.(धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिए वापत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्ने छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *