रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफ कोष प्रवर्द्धक र यस कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामुहिक लगानी कोष अन्तर्गत संचालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको योजना व्यवस्थापकको संचालक समितिको साउन २८ गते बसेको बैठकले इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थका लागि भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *