सर्वोत्तम पेन्ट्सको शेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको शेयर बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुधबार नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने प्रचलनअनुसार सर्वोत्तम पेन्ट्सको शेयर पनि भोलिदेखि कारोबारमा आउने भएको हो।

नेप्सेमा सर्वोत्तम पेन्ट्सको १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ८ लाख ५० हजार कित्ता (२५ प्रतिशत) र संस्थापकको २५ लाख ५० हजार कित्ता (७५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले सर्वोत्तम पेन्ट्सलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसएपीआईएल’ पाएको छ।

अब भोलि बिहीबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने असार ११ गते गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *