प्रतिनिधि सभा बैठकमा तीन विधेयक प्रस्तुत

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा विधेयकहरू प्रस्तुत गरिएको छ।

बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू सदनमा पेस गरिएको हो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरिन् ।

बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे ।

तीनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै सांसदले विरोधको सूचना दर्ता नगरेपछि विधेयकहरू सदनमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया सु्रु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *