काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा कायम भएको छ ।
आज ३३४ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २३ करोड २ लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका हुन् । एचएलआई लार्ज क्याप फन्डका इकाईधनीले ५.१८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले ५.१६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका हुन् ।






