सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *