काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रेना रिजाललाई दिएको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले रिजाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। हाल उनी कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत छिन्।
यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएपछि कम्पनीले रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो। सोही बैठकले भट्टराईको राजीनामा पनि स्वीकृत गरेको जनाएको छ।




