माछापुच्छ्रे बैंकको शाखा कार्यालय समायोजन, कुन शाखा कहाँ गाभिए ?

काठमाडौँ। माछापुच्छ्रे बैंकले देशभरका आठ वटा शाखा एकआपसमा गाभेको छ । बैंकले आफ्नो शाखा सञ्जाललाई थप प्रभावकारी बनाउने उद्देश्यले बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न शाखाहरू समायोजन गरेको जनाएको छ।

बैंकका अनुसार साउन १८ गते २०८३ देखि हाकिमचोक शाखा नारायणगढमा, बालाजु शाखा गोंगबुमा, खुसीबु शाखा डल्लुमा, कलंकी शाखा स्वयम्भूमा, कोटेश्वर शाखा नयाँ बानेश्वरमा, ठमेल शाखा दरबारमार्गमा, लामाचौर शाखा बगरमा तथा वीरगञ्ज लिंक रोड शाखा आदर्शनगर शाखामा गाभिएको छ।

बैंकले शाखा समायोजनपछि पनि ग्राहकहरूको सेवा प्रभावित नहुने स्पष्ट पारेको छ। सम्बन्धित सञ्चालनमा रहेका शाखाबाट सबै बैंकिङ सेवा पूर्ववत् रूपमा उपलब्ध हुने बैंकको भनाइ छ।

शाखा विस्तारपछि अब बैंकहरूले लागत व्यवस्थापन र डिजिटल बैंकिङलाई प्राथमिकता दिन थालेका बेला माछापुच्छ्रे बैंकको यो निर्णयलाई शाखा सञ्जाल पुनर्संरचनाको रणनीतिक कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *