सुनसरी–सिरहा घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग 

काठमाडौं । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ ।

पार्टीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि तत्काल उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।

नेपाल विविधता, सहिष्णुता र सामाजिक सद्भावको आधारमा निर्माण भएको राष्ट्र भएकाले कुनै पनि विवादको समाधान हिंसा, आगजनी वा तोडफोडबाट हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता गतिविधिले निर्दोष नागरिकलाई पीडा पु¥याउने, समाजमा अविश्वास बढाउने तथा राष्ट्रिय एकतालाई कमजोर बनाउने पार्टीको भनाइ छ ।

उज्यालो नेपाल पार्टीले प्रभावित क्षेत्रमा तत्काल सर्वपक्षीय संवाद सुरु गर्न, सामाजिक सद्भाव कायम गर्न स्थानीयस्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

सुनसरीको देवानगञ्ज र कमानगञ्जबाट सुरु भई सिरहाको गोलबजारलगायत अन्य क्षेत्रमा फैलिएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पार्टीले ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *