काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेरनै बन्द भएको छ । नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा कायम भएको छ ।
आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ९.१० प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ५.९८ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतितका दरले गुमाएका हुन् ।



