काठमाडौं । आज पनि शेयर बजार बढेको छ । नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ को विन्दुमा बन्द भएको छ ।
आज ३४३ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका हुन् । कालंगा हाइड्रोका लगानीकर्ताले ७.५० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले ७.४२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.४४ प्रतिशतका दरले गुमाएका हुन् ।




