प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तसँगै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिस गरेको छ। त्यस्तै, आयोगका रिक्त आयुक्त पदमा गुरु प्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको छ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने प्रस्तावित व्यक्ति उपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाए ।

उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरू उपर पर्याप्त छलफलपछि मात्रै सिफारिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिए।

साथै, आङ्देम्बेले विपक्षी दलसँग संवादहीनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *