तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौ। तुँदी पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता आईपीओ निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतापत्रमा तँुदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल तथा कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे।

तुँदी पावरले म्याग्दीमा चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजना निर्माण गरी २०८२ साउन २० बाट व्यावसायिक विद्युत् उत्पादन भइरहेको छ।

आयोजनाबाट उत्पादित विद्युत्  राहुघाट जलविद्युत आयोजनाको सबस्टेसनमा जडान गरिएको कम्पनीले छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *