कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ४१२ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

बैंकले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *