काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ ।
चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार पार्टीमा ३ लाख ९६ हजार ७८९ पुरुष, ८९ हजार ८९६ महिला, ५८८ अन्य तथा ३६ हजार १९२ जनाको लैंगिक विवरण नखुलेको उल्लेख छ।
प्रतिवेदनअनुसार कुल सदस्यमध्ये पुरुष ७५.८ प्रतिशत, महिला १७.२ प्रतिशत, अन्य ०.१ प्रतिशत र लैंगिकता नखुलाएकाको संख्या ६.९ प्रतिशत रहेको छ।
महाधिवेशनमा प्रतिवेदनमाथिको छलफलपछि सभापति र ९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ। ९९ केन्द्रीय सदस्यमध्ये सातै प्रदेशबाट ५/५ जना अनिवार्य निर्वाचित हुने व्यवस्था गरिएको छ, जसमा कम्तीमा दुई महिला रहनेछन्। बाँकी ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ।





