रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो ।

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम उक्त अभियोग फिर्ता लिन अनुमति दिएको जनाएको छ।

यसअघि कास्की र पर्सा अदाततले पनि रविमाथिको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *