कावासोतीमा मतगणना रोकियो

पूर्वी नवलपरासीकाे कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ ।

मंगलबार राति ११ बजे रोकिएको गणना अझै सुरु हुन सकेको छैन । मतगणना सकिएर त्यहाँ दलका प्रतिनिधिले टिपेको मतसंख्या र निर्वाचन कार्यालयका कर्मचारीले टिपेको मतसंख्यामा ५७ मत फरक परेको हो । दलका प्रतिनिधिले विरोध गर्दागर्दै निर्वाचनका प्रतिनिधिले उम्मेदवार विजयी भएको घोषणा गरेको कांग्रेस कार्यकर्ताले आरोप लगाए ।

निर्वाचन कार्यालयले भने मतगणनामा कुनै गडबड नभएका कारण एमालेका उम्मेदवार विजयी भएको घोषणा गरिएको जानकारी दियो ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरूमा छलफल गराएर पुनः सुरु गरिने प्रयास भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *