४०२ स्थानीय तहको मत परिणाम सार्वजनिक

स्थानीय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जेठ ४ गते बुधवार बिहान ६ बजेसम्म ४ सय २ स्थानीय निकायको प्रमुख पदको मतगणनाको परिणाम सार्वजनिक गरिएको छ ।

यसअनुसार नेपाली कांग्रेसले १ सय ८३ प्रमुख पदमा विजय हासिल गरेको छ भने अझै १ सय ३० स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमालेले १ सय १४ पदमा विजयी भएको छ भने ८४ स्थानमा अग्रता कायम गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ८२ स्थानमा विजयी भएको छ भने ३३ स्थानमा अग्रस्थानमा छ ।

एकिकृत समाजवादीले भने ६ स्थानको प्रमुख पदमा विजय हासिल गरेको छ भने जनता समाजवादी पार्टीले ५ स्थानमा विजय हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *