काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
यो समाचार तयार पार्दासम्म बालेनले १२५५३ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६७०६ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९५७ मत पाएकी छन् ।
वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेकोमा अहिले २९ नम्बर वडाको पनि मत गणना सुरु भएको छ ।
२९ नम्बरमा बालेनले ७३ मत पाउँदा सिर्जनाले ६२ र स्थापितले ३२ मत पाएका छन् ।
बाँकी सबै वडामा पनि बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।







