एक महिनामै ६१ हजार बढी नेपाली विदेशिए

काठमाडौं । जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ५३ हजार ६ सय ९८ पुरुष र ७ हजार ३ सय ७४ महिला छन्। वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।

जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *