घट्दो क्रममा रहेको सुनको मूल्यमा आज उछाल

काठमाडाैं । लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ । हिजो उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *