प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५० अंकले बढ्यो

काठमाडाैं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा ३.५० अंक बढेर २७३१.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६६ स्टकको १३१ पटकको कारोबारमा १ करोड २७ लाख ९१ हजार ३२४ रुपैयाँ ९० पैसाबराबरको २० हजार ५९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *