भन्सार छलेर ल्याइएका कुखुरा र माछा बरामद

लुम्बिनी। रुपन्देही प्रहरीले जिल्लाका विभिन्न क्षेत्रबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरेका सामान, माछा र कुखुरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा करिब तीन लाख ४७ हजार बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।

बरामद सामान पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ।

प्रहरीले जिल्लाको  रुपन्देही मायादेवी गाउँपालिका–४ स्थित मोतिपुरबाट करिब एक लाख २८ हजारबराबरको लु२१प ६४६८ र लु२८प १३७० नम्बरको मोटरसाइकलसहित ब्रोइलर कुखुरा, कोटहीमाई गाउँपालिका–३ स्थित त्रिलोकपुरबाट करिब ५७ हजार ५०० बराबरको  लु७प ८००१ नम्बरको मोटरसाइकलसहित २५ किलो माछा बरामद गरेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *